०८ असार २०८३, सोमबार

इरानले लामो दूरीको क्षेप्यास्त्र प्रणाली सार्वजनिक गर्‍यो (भिडियो)

इरानले लामो दूरीको क्षेप्यास्त्र प्रणाली सार्वजनिक गर्‍यो (भिडियो)

काठमाडौं – इरानले बिहीवार देशमै बनाइएको लामो दूरीको क्षेप्यास्त्र प्रणाली सार्वजनिक गर्दै अमेरिकासँगको वार्ता अर्थहीन रहेको बताएको छ । 

सरकारी टेलिभिजनमा राष्ट्रपति हसन रूहानीले बाभार–३७३ प्रणालीको सार्वजनिकीकरण समारोहमा भाग लिएको देखाइएको थियो । इरानी सञ्चारमाध्यमले यो प्रणालीलाई रुसी एस–३०० क्षेप्यास्त्र प्रणालीको प्रतिस्पर्धीका रूपमा चित्रित गरिरहेका छन् । 

सार्वजनिकीकरण समारोहमा रूहानीले आणविक सम्झौता सम्बन्धी वार्ता अर्थहीन रहेको टिप्पणी गरे । 

इरानले जुन महिनामा खाडीमा अमेरिकाको जासूसी ड्रोनलाई खसाएपछि दुई देशबीच तनाव बढेको बेलामा यो घोषणा गरिएको हो । 

इरानले त्यतिखेर आफ्नो भूमिमा ड्रोन आइपुगेका खसाइएको दाबी गरेको थियो भने अमेरिकाले त्यो अन्तर्राष्ट्रिय एयरस्पेस भएको बताएको थियो । 

आजको समारोहमा रूहानीले भने, ‘हाम्रा शत्रुहरूले तर्कलाई स्वीकार गर्दैनन् भने हामीले तर्कमार्फत प्रतिक्रिया दिन सक्दैनौं । शत्रुले हामीमाथि क्षेप्यास्त्र प्रहार गरेमा हामीले भाषण दिँदै ए रकेट कृपया हाम्रो देश र हाम्रा निर्दोष जनतालाई नहिर्काऊ भन्न सक्दैनौं । रकेट प्रहार गर्ने सर, तपाईंले एउटा बटन थिचेर क्षेप्यास्त्रलाई हावामा आफैं ध्वस्त पारिदिनुहुन्थ्यो कि भन्न पनि सक्दैनौं ।’

क्षेप्यास्त्र प्रणालीको सार्वजनिकीकरण इरानको राष्ट्रिय रक्षा उद्योग दिवसका दिन राखिएको हो । 

बाभार–३७३ लामो दूरीको क्षेप्यास्त्र प्रणाली हो र यो रुसी एस–३०० भन्दा राम्रो रहेको भनी रूहानीले वर्णन गरे । 

यसले एकैचोटि १०० वटा लक्ष्यलाई चिन्ने र ६ विभिन्न हतियारमार्फत सामना गर्ने क्षमता राख्ने बताइएको छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्