२२ जेठ २०८३, शुक्रबार

अमेरिकाले इराकको मोसुलमा दर्जनौं नागरिक मारेको स्वीका–यो

कात्तिक २०, २०७४
अमेरिकाले इराकको मोसुलमा दर्जनौं नागरिक मारेको स्वीका–यो

काठमाडौं, १६ चैत — अमेरिकाको रक्षा विभाग पेन्टागनले इराकको मोसुलमा चलाएको हवाई कारवाहीमा परी नागरिकहरूको हत्यामा आफ्नो भूमिका हुनसक्ने स्वीकारेको छ । हालै एउटा घरको भग्नावशेषमुनि लुकेका दर्जनौं मानिस मारिएका थिए ।


त्यो घर धेरभन्दा धेर क्षति होस् भनेर आतंकवादी संगठन आईएसले थापेको धराप भएको बताइएको थियो ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच र एमनेस्टी इन्टरनेसनलले अमेरिकी आक्रमणपछि धेरै नागरिकहरूको हत्या भइरहेको बताएका छन् । यी दुवै संस्थाले अमेरिकी नेतृत्वको सैन्य अभियानको तौरतरिकालाई आलोचना गरेका छन् ।

हवाई आक्रमणका कारण धेरै इराकीहरू आफ्नै घरमा मारिएका छन् किनकि इराकी अधिकारीहरूले उनीहरूलाई घरभित्र बस्न लगाएका छन् । अमेरिकी नेतृत्वको गठबन्धन सेनाले नागरिकको मृत्यु हुन्छ भन्ने अवश्य थाहा पाएको एमनेस्टीको भनाइ छ ।

मोसुल कब्जाको घातक घटनाका रूपमा १२ दिनअघि जदिदा क्षेत्रमा दर्जनौं मानिसले ज्यान गुमाएका थिए । मृत व्यक्तिको संख्या यकिन हुन नसकेको भएपनि मोसुलका नगरपालिका प्रमुख अब्दुल सत्तार अल–हब्बोले भग्नावशेषबाट २४० लाश निकालिएको बताए ।

अमेरिकाले यस घटनामाथि आफैं अनुसन्धान गरिरहेको बताउँदै पेन्टागनले हवाई आक्रमणका कारण नागरिकहरूको मृत्यु संख्या बढेको स्वीकार गरेको छ ।

आरटीबाट



salt training

कमेन्ट गर्नुहोस्