२७ जेठ २०८३, बुधबार

मानव संसाधन नीति ल्याउन माग

कात्तिक २०, २०७४
मानव संसाधन नीति ल्याउन माग

काठमाडौँ, १६ चैत- संस्थागत विकासमा मानव संसाधन महत्वपूर्ण भएकाले यससम्बन्धी नीति ल्याउन सरोकारवालले सरकारसँग माग गरेका छन् ।

आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका महत्वपूर्ण माध्यम नै मानव संसाधन भएकाले सरकारले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै रोजगार उपलब्ध गराउने विषयलाई सो नीतिमा समेट्नुपर्नेमा उनीहरुले जोड दिए ।

ग्रोथ सेलर नामक संस्थाद्वारा आज राजधानीमा आयोजित मानव संसाधन सम्मेलनका सहभागी वक्ताले मानव संसाधनको विकास तथा विस्तारका लागि सरकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

दुईदिने सो सम्मेलनमा सरकारी र तथा निजी क्षेत्रमा काम गर्ने करिब १५० जनाको सहभागिता छ । सम्मेलनमा सरकारका उच्च पदस्थ कर्मचारीले आफ्ना अनुभव साटासाट गर्ने छन् । यस्तै छिमेकी मुलुक भारत र चीनका विज्ञले समेत अनुभव प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यस्तै पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणसम्बन्धी जारी राखेका कामका बारेमा कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेलले समेत जानकारी दिने छन् ।

काठमाडाँै विश्वविद्यालयका व्यवस्थापन सङ्कालयका डिन प्राडा सुवास केसीले सम्मेलनको शुभारम्भ गर्दै बेरोजगारी समस्या समाधान गर्न मानव संसाधनसम्बन्धी नीति आवश्यक भएकोमा जोड दिँदै त्यसका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

भारतका मानव संसाधनविज्ञ टिभी रावले युवाशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका मानव संसाधनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्