२७ जेठ २०८३, बुधबार

सगरमाथाको सफाइ शुरु

कात्तिक २०, २०७४
सगरमाथाको सफाइ शुरु

काठमाडौं, १६ चैत — नेपाल सरकार र सगरमाथा यात्राका आयोजकहरूले संसारको सबभन्दा अग्लो हिमालमा हिमपातपछि जमेको फोहोर सफा गर्ने अभियान शुरु गरेका छन् ।


शेर्पा तथा अन्य पर्वतारोहीहरूलाई दशवटा झोला दिइएको थियो । प्रत्येक झोलामा ८० किलो फोहोर जम्मा गर्न सकिन्छ । उनीहरूले सगरमाथाका विभिन्न ठाउँमा फोहोर संकलन गर्नेछन् ।

एक्सिपिडसन अपरेटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष डम्बर पराजुलीले फोहोर उठाउने झोला दोस्रो आधारशिवरमा राखिएको बताए । सन् २०१४ मा यो क्याम्पिङ साइट स्थापना गरिएको थियो । त्यसअघि एक हिमपातमा परी १६ शेर्पाहरूको मृत्यु भएको थियो ।

अर्को वर्ष पनि भूकम्पका कारण हिमपात भएर सगरमाथाको आधार शिविर ध्वस्त भएको थियो र १९ जना मारिएका थिए ।

ती हिमपातका कारण जमेका फोहोरहरू झोलामा जम्मा गरेपछि हेलिकप्टरमा हालेर ल्याइनेछ । यसो गर्दा शेर्पाहरूले खुम्बु आइसफल जस्तो जोखिमयुक्त बाटोबाट फोहोरको गह्रुंगो भारी बोकेर हिँड्नुपर्ने हुँदैन ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्