०९ असार २०८३, मंगलबार

२० प्रतिशत डाउन पेमेन्टमा विद्युतीय गाडी, सहुलियत दरमा कर्जा

भदौ १३, २०७६
२० प्रतिशत डाउन पेमेन्टमा विद्युतीय गाडी, सहुलियत दरमा कर्जा

नाडा अटो शोलाई लक्षित गर्दै बैंकहरुले सस्तो ब्याजदरमा सवारी कर्जा ल्याएका छन् । ९ देखि १० प्रतिशतको हाराहारीमा सहुलियत दरमा कर्जा योजना ल्याएका हुन् । 
विद्युतीय गाडीका लागि नबिल, एभेरेस्ट, एनएमबी, सानिमा, लक्ष्मीलगायत बैंकले अन्य गाडीका तुलनामा विद्युतीय गाडीको ब्याजदर नै घटाएका छन् । 
नेपाल राष्ट्रबैंकले विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेपछि सबै बैंकले २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्ने उल्लेख गरेका छन् । यो खबर राजधानी दैनिकमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्