
काठमाडौं – आर्थिक समस्याका कारण पाकिस्तानीहरूमाझ भोकमरीको स्थिति आएको छ । प्रधानमन्त्री इमरान खानको सचिवालय समेतले बिजुलीको बिल तिर्न नसकेका कारण बिजुली काटिने स्थिति आएको छ ।
यसैबीच पाकिस्तानी प्रहरीको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा उक्त प्रहरी राति साइकलमा गश्ती गरिरहेको देखिन्छ । साइकलमै उसले रातोनीलो लाइट र साइरन जडान गरेको छ । प्याडल चलाउँदै उक्त प्रहरी भीडभाडयुक्त इलाकामा राति गश्ती गरिरहेको देखिन्छ ।
प्रहरीले कहाँ गश्ती गरेको र भिडियो कहिले खिचिएको भन्ने प्रस्ट छैन ।
सुरक्षामा ५० प्रतिशत बजेट खर्च गर्ने पाकिस्तानले अर्थतन्त्र सुधार्नुपर्छ भन्दै मानिसहरूले कमेन्ट गरिरहेका छन् ।
High tech Police of Pakistan 🤣🤪#imrankhanPTI pic.twitter.com/GsOkbeJszg
— Uma Shankar Mahato (@88umashankar) August 27, 2019
एजेन्सी