१० असार २०८३, बुधबार

एनआरएनए चीनको अध्यक्षमा प्रदीप न्यौपाने

एनआरएनए चीनको अध्यक्षमा प्रदीप न्यौपाने

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए ) चीनको अध्यक्षमा युवा व्यवसायी प्रदीप न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

हालै सम्पन्न एनआरएनए चीनको अधिवेशनले न्यौपानेलाई निर्विरोध रूपमा अध्यक्ष निर्वाचित गरेको हो । उनको कार्यकाल आगामी २०२१ सम्म रहनेछ ।

उपाध्यक्षमा सुशील बेल्वासे र खुस्बु अग्रवाल, महासचिवमा यमबहादुर क्षेत्री, सचिवमा तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्षमा रञ्जिता आचार्य, सह–कोषाध्यक्षमा बलराम लामा, महिला संयोजकमा सविता बर्तौला र युवा संयोजकमा सुरज न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

आईसीसी सदस्यमा भने नविन विक निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्