१३ असार २०८३, शनिबार

गोरखामा प्रभू बैंक लिमिटेडको छेपेटार शाखा सञ्चालनमा

गोरखामा प्रभू बैंक लिमिटेडको छेपेटार शाखा सञ्चालनमा

काठमाडौं – संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँगाउँमा बैंकिङ पहुँच पुर्‍याउने क्रममा प्रभू बैंक लिमिटेडले गोरखा जिल्लाको गोरखा नगरपालिका–१० छेपेटारमा बैंकको छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पाण्डेबाट एक समारोहबीच बिहीवार बैंकको गोरखा शाखा कार्यालयको उद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका नगर प्रमुख राजनराज पाण्डेले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभू बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै छेपेटार शाखा कार्यालयबाट सरकारी निकाय, व्यापारी तथा आमसर्वसाधारणलाई सरल सहज रुपमा प्रभू बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकलाई प्रभू बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

छेपेटार शाखा कार्यालय उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको छेपेटार शाखा कार्यालयबाट स्थानीय सर्वसाधारण, फर्म, कम्पनी तथा संघसंस्थाले प्रभू बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र गोरखा नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्