१२ असार २०८३, शुक्रबार

‎कतार एयरवेजका प्रमुख र मलेसियाका प्रधानमन्त्रीबीच औपचारिक भेटघाट

‎कतार एयरवेजका प्रमुख र मलेसियाका प्रधानमन्त्रीबीच औपचारिक भेटघाट

दोहा (कतार) – कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले अगस्ट २६ २०१९ क्वाला लम्पुरस्थित युएनडब्लुटिओ विश्व पर्यटन सम्मेलनको उद्घाटनको क्रममा मलेसियाका प्रधानमन्त्री एवं वरिष्ठ सरकारी अधिकारीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री डा. महाथिर बिन मोहमद तथा मलेसियाका यातायात मन्त्री एन्थनी लोक सिउ फुकसँगको छुट्टाछुट्टै भेटमा अल बकेरले विश्वव्यापी उड्डयन उद्योगको विकास तथा लङ्कावीसम्मको कतार एयरवेजको आगामी उडान लगायतका पारस्परिक हितका विभिन्न विषयमा छलफल गरे ।

अल बकेरले भने, ‘माननीय प्रधानमन्त्रीसँग भेट गर्नु एक गौरवपूर्ण अनुभव रह्यो । कतार एयरवेजको लागि मलेसिया तीव्र रुपमा विस्तार भइरहेको एक महत्वपूर्ण बजार हो । तसर्थ लङ्कावीसम्मको हाम्रो नयाँ हवाई मार्ग आउँदो अक्टोबर १५ देखि सञ्चालन गर्दैछौं । भेटको क्रममा हामीले पारस्परिक हितका विभिन्न विषयहरूमा छलफल गर्ने मौका पायौं, जसलाई हामी निरन्तरता दिने नै छौं ।’

salt training

कमेन्ट गर्नुहोस्