१४ असार २०८३, आइतबार

एस्सिडब्लुईसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी  गर्ने

एस्सिडब्लुईसीले बर्मामा नेपाली उत्पादनको प्रदर्शनी  गर्ने

काठमाडौं – सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एस्सिडब्लुईसी) सँग आवद्ध एक टोली नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यसहित बर्माको याङ्गनतर्फ शुक्रवार प्रस्थान गरेको छ ।

बर्मास्थित नेपाली राजदूतावासको निमन्त्रणामा एस्सिडब्लुईसी नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित टोली बर्माको याङ्गनमा भ्रमण गर्न लागेको हो ।

टोलीले  याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थित नेपाली दूतावासको प्राङ्गणमा भदौ १४ देखि १६ गतेसम्म नेपालका विभिन्न उत्पादनको प्रवद्र्धनात्मक प्रदर्शनीको आयोजना गर्ने भएको 
छ । 

प्रदर्शनीमा नेपाली हस्तकलाका सामग्री, महिलाले प्रयोग गर्ने पोते, किलीप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, विभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोला, गाग्री, खड्कुलोजस्ता सामग्रीको प्रदर्शनीमा राखिने भएको छ । टोलीले बर्माका विभिन्न शहरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने पनि योजना बनाएको छ । 

सो सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी ) नेपाल सार्क चेम्बर अफ् कमर्श एण्ड् इण्डष्ट्री मातहतको एक अंग हो । जसको मुख्य उद्देश्य सार्क मुलुकको महिला उद्यमीलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने रहेको छ ।

विगत १० वर्षदेखि संस्थाले महिला उद्यमीको हितका लागि विभिन्न कदम चाल्दै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्