०७ असार २०८३, आइतबार

ड्राइभरले घुस दिन खोजेपछि प्रहरीले जाक्यो खोरमा

ड्राइभरले घुस दिन खोजेपछि प्रहरीले जाक्यो खोरमा

झापा - झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ ।

घुस दिन खोजेका मोरङको बेलबारी–११ का ५१ वर्षीय कविरबहादुर तामाङलाई आज पक्राउ गरिएको हो ।

पूर्वतर्फ आउँदै गरेको को१ज २५४५ नं को पिकअप गाडीमा गाईगोरु ल्याउँदै गरेका चालक तामाङले चारआली चोकमा जाँचमा खटिएका प्रहरीलाई रु पाँच सय घुस दिन खोजेका थिए ।

प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्