०७ असार २०८३, आइतबार

गाईको हत्या गर्नु जघन्य अपराध होः काँग्रेस

गाईको हत्या गर्नु जघन्य अपराध होः काँग्रेस

काठमाडौं–सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत कटकुवाको वनजंगल क्षेत्रमा करिब दुई दर्जन गाईहरु मृत र सयौंको संख्यामा घाइते अवस्थामा भेटिएको सामाचार प्रति नेपाली काँग्रेस संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले एक विज्ञप्ति जारी गर्दै गाई राष्ट्रिय जनवार मात्र नभएर धार्मिक दृष्टिकोणले पनि छुट्टै महत्व भएकाले नेपालको संविधानले संरक्षित गरेको गाईको हत्या गर्नु भनेको जघन्य अपराध भएकाे उल्लेख गरेका छन् । 

उनले भनेका छन्, ‘ यस्ता किसिमका घटना घट्नु  अत्यन्त निन्दनीय एवं दुःखदायी विषय हो । गौहत्या कार्य प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दै घोर भत्र्सना गर्दछ । ’

खाँडले घटनाको सत्यतथ्य छानविन गरी दोषी उपर कानूनी कारवाही गर्न  सरकार एवं सम्बन्धित निकायसँग माग समेत गरेका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्