१६ असार २०८३, मंगलबार

ट्रयाक्टर दुर्घटनामा परी २ जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा परी २ जनाको मृत्यु

रुकुम पश्चिम – रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा शनिवार बिहान ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका ट्रयाक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ । 

दामाचौरबाट करपगार जाँदै गरेको भे१च ७८९३ नम्बरको ट्रयाक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्