०९ असार २०८३, मंगलबार

काँग्रेसको १८२ विभाग रित्तै

भदौ १५, २०७६
काँग्रेसको १८२ विभाग रित्तै

काठमाडौं–प्रमुख विपक्षी दल नेपाली काँग्रेसको १३ औं महाधिवेशन सकिएको साढे ३ वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ गरी कुल १ सय ८२ विभाग रित्ता छन् । 

कांग्रेसको २०–२३ फागुन २०७२ मा १३औं महाधिवेशन सम्पन्न भएको थियो । विभागले पूर्णता नपाउँदा पार्टीका केन्द्रदेखि तल्ला तहका नेता फुर्सदिला छन् । कांग्रेस विधानमा केन्द्रमा २८ र प्रत्येक प्रदेशमा २२ गरी कुल १ सय ८२ विभाग रहने व्यवस्था छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय समिति बैठक सकिएपछि लगत्तै रिक्त विभाग गठन हुने जनाए ।
‘केन्द्रीय समिति बैठक चल्दै छ, बैठकपछि केन्द्रका सबै रिक्त विभाग गठन गर्ने तयारी छ,’ उपसभापति निधिले राजधानीसँग भने ।उपसभापति निधिले प्रदेशका विभाग भने केन्द्रको गठन भएपछि मात्रै गठन हुने जानकारी दिए ।राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्