२५ असार २०८३, बिहीबार

बैंकहरुको एटीएम ह्याक भएको आशंकापछि राष्ट्र बैंक आकस्मिक छलफलमा

बैंकहरुको एटीएम ह्याक भएको आशंकापछि राष्ट्र बैंक आकस्मिक छलफलमा

काठमाडौं– बैंकहरुको एटीएम ह्याक भएको आशंकापछि नेपाल राष्ट्र बैंकले यस विषयमा छलफल गर्न आकस्मिक बैठक बस्दै छ । राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले एटिएम ह्याक भएको भन्ने खबर आएसँगै राष्ट्र बैंक यसमा गम्भिर भएको लोकान्तरलाई बताए । उनका अनुसार केहीबेरमा राष्ट्र बैंकले यस बारेमा निष्कर्ष निकाल्ने छ ।  

अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेसँगै अहिले बैंकिङ क्षेत्र तरंगित बनेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको गरेको थियो । 

पक्राउ परेकासँग प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्