०२ असार २०८३, मंगलबार

लन्डनमा राख्नका लागि आकाशे स्विमिङ पूल निर्माण गरिँदै (भिडियो)

लन्डनमा राख्नका लागि आकाशे स्विमिङ पूल निर्माण गरिँदै (भिडियो)

काठमाडौं – आकाशे स्विमिङ पूल तयार हुने अवस्थामा पुगेको छ र अब यसलाई लन्डन पुर्‍याउन लागिएको छ ।  

यो स्विमिङ पूल भुइँबाट ३५ मिटर माथि छ र यसले दशतल्ले दुईवटा भवनलाई जोडेको छ । यो अद्भुत संरचनाले संसद् भवन, लन्डन आई र लन्डनको स्काईलाइनको दृश्यावलोकनको अवसर दिनेछ । 

स्काई पूलसँगै रूफटप स्पा, समर बार र अरेन्जरी पनि राखिएको छ । दक्षिणी लन्डनको भक्सहलमा अमेरिकी दूतावाससँगै एक अर्ब पाउन्डमा यो संरचना बनाइएको हो । 

माथि आकाश, तल पानी भएको पूलमा पौडी खेल्दा पौडीबाजहरूले आफू आउटडोर पूलमा भन्दा पनि एक्वेरियममा छु भन्ने अनुभूति प्राप्त गर्छन् । पौडीबाजहरू दुई भवनको बीचमा समेत पौडी खेल्न सक्छन् । 

अमेरिकाको कोलाराडोमा यो पूल बनिरहेको छ र यसको तयारी अन्तिम अवस्थामा पुगेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्