०२ असार २०८३, मंगलबार

सगोलद्वारा आँधीहुरी पीडितलाई साढे ४ लाख बढी नगद वितरण

सगोलद्वारा आँधीहुरी पीडितलाई साढे ४ लाख बढी नगद वितरण

धनगढी- कैलालीको कैलारी गाउँपालिकास्थित विपद व्यवस्थापन समिति गदरियाले आँधीहुरी पीडित परिवारलाई साढे ४ लाख बढी नगद रकम वितरण गरेको छ ।

सगोल कास्की, पोखराको सहयोगमा सो समितिले आइतबार एक कार्यक्रमको बीच सो गाउँपालिका वडा नं. ९ जमुनीपुरका पीडित परिवारहरुलाई नगद राहत वितरण गरेको हो ।

१ सय १५ परिवारमध्ये बढी क्षति गुमाएका ३३ परिवारलाई १४ हजार नगद रुपैयाँको दरले राहत वितरण गरेको सगोलका कैलाली जिल्ला संयोजक रामसमझ चौधरीले जानकारी दिए ।

विपद व्यवस्थापन समिति गदरियाका अध्यक्ष जगमा देवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद नेपालु चौधरीले राहत वितरण गरेका थिए ।

गत जेठ २३ गतेको विनाशकारी आँधीहुरीले कैलाली र कञ्चनपुर जिल्लामा ठूलो धनजनको क्षति पु¥याएको थियो । पीडित परिवारजनलाई सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका साथै विभिन्न गैरसरकारी संस्थाहरुले पनि राहत वितरण गर्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्