१० असार २०८३, बुधबार

सात वर्षदेखि क्यासिनो मुद्दा सर्वोच्चमा घुम्दै

भदौ १६, २०७६
सात वर्षदेखि क्यासिनो मुद्दा सर्वोच्चमा घुम्दै

काठमाडौं । सात वर्षदेखि क्यासिनोको रोयल्टीसम्बन्धी मुद्दा सर्वोच्चमा अल्झँदा राज्यले अर्बौं रकम उठाउन सकेको छैन । राजधानी दैनिकमा यो खबर छापिएको छ। 

 अन्तरिम आदेशकै कारण क्यासिनो सञ्चालन गर्ने अनुमति पाउँदा राज्यले २ अर्ब बढी राजस्व उठाउन सकेको छैन । 

अदालतको अन्तरिम आदेशकै कारण १० वटा क्यासिनो सञ्चालित छन् । 

ती क्यासिनोको मुद्दा हाल सर्वोच्चको संवैधानिक इजलासमा पेसी चढ्दै हेर्न नभ्याउने सूचीमा राखिँदै आइएको छ । अदालतमा मुद्दा अल्झँदा क्यासिनोले तिर्ने कि होटलले भन्ने विवादकै कारण उनीहरू हालसम्म कर तिर्नबाट उम्किँदै आएका छन् । 

सर्वोच्चले पाँच वर्षभन्दा पुराना मुद्दा अदालतमा छैन भनेर दाबी गरिरहे पनि राजस्वसँग जोडिएका क्यासिनाको मुद्दा भने पेसीमा अल्झँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्