१२ असार २०८३, शुक्रबार

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका इमेलको पासवर्ड असुरक्षित

भदौ १६, २०७६
बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका इमेलको पासवर्ड असुरक्षित

काठमाडौँ - सुरक्षाका दृष्टिले मुलुकको बैंकिङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

 साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैंकिङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रतिवेदन तयार पार्ने क्रममा गरिएको अध्ययनमा डाउनलोड गर्न मिल्ने अवस्थामा ८ हजार ३७८ डट एनपी डोमेनमा दर्ता भएका इमेल विश्लेषण गरिएको थियो । अध्ययनअनुसार यी सबै इमेल पासवर्डसमेत डाउनलोड गर्न मिल्ने अवस्थाका थिए । यीमध्ये ३३ सय इमेल नेपालका विभिन्न बैंकको भएको प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्