काठमाडौं– हिन्दु नारीहरुको विशेष चाड हरितालीका तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सोमवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, सोमबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।