२५ जेठ २०८३, सोमबार

चीनको पेटी सडक पहलले जलवायु परिवर्तनमा नकारात्मक असर : प्रतिवेदन

चीनको पेटी सडक पहलले जलवायु परिवर्तनमा नकारात्मक असर : प्रतिवेदन

काठमाडौं – चीनको पेटी सडक पहल (बीआरआई) अन्तर्गत विभिन्न देशमा भइरहेको विकासकार्य र कार्बन उत्सर्जनका कारण जलवायु परिवर्तनमा असर परिरहेको एक वैश्विक प्रतिवेदनमा उल्लेख छ । 

यसले गर्दा पेरिस जलवायु सम्झौताअन्तर्गत तय गरिएको लक्ष्य हासिल गर्न गाह्रो पर्न सक्छ । सोमवार जारी गरिएको रिपोर्टमा लेखिएअनुसार, १२६ देशहरूमा खर्बौं डलरको लगानी गरिनेछ । 

विकास निर्माण परियोजनामा चीनले पर्याप्त लगानी गरेको छ । निजी क्षेत्रले पनि यसमा लगानी गरेको छ । विरोधीहरूले चाहिँ यसबाट वातावरणमा प्रतिकूल प्रभाव पर्ने चेतावनी दिएका छन् । 

जारी प्रतिवेदनका अनुसार, बीआरआई योजनाले गर्ने कार्बन उत्सर्जनले पेरिसको जलवायु लक्ष्यलाई अवरोध पुर्‍याउनेछ । सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौतामा सबै देशले मिलेर औद्योगिकीकरणअघिको तापक्रमको तुलनामा वैश्विक तापक्रममा वृद्धिलाई २ डिग्रीभन्दा कम राख्ने लक्ष्य निश्चित गरेको छ ।

शिन्ह्वा सेन्टर फर फाइनान्स यान्ड डिभेलोपमेन्टले मानवजन्य कार्बन उत्सर्जनमा २८ प्रतिशत जिम्मेवारी १२६ देशले लिनुपर्ने उल्लेख गरेको छ । 

रिपोर्टमा बीआरआईमा हरित प्रविधिको उपयोग गरिएमा ३९ प्रतिशतसम्म् उत्सर्जन कम गर्न सकिने लेखिएको छ । चीन विश्वकै सबभन्दा ठूलो कार्बन उत्सर्जक हो र संसारमा मानवजन्य कार्बन उत्सर्जनमा ३० प्रतिशत योगदान उसैको हुन्छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्