
बाग्लुङ – कामना सेवा विकास बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्रमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उद्देश्य अनुरुप बाग्लुङमा रहेको गलकोट नगरपालिका–०३ मा आइतवार आफ्नो ९८ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।
प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले शाखाको कारोबार शुभारम्भ गरेका थिए ।
कारोबार शुभारम्भ समारोहमा गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे, बैंकका सञ्चालक बलराम बराल, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोला लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्ट तथा बृहत् शाखा सञ्जालमार्पmत आफ्ना ग्राहकलाई उच्च स्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो ।
काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ९८ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।
बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष सेवा थप गर्दै जाने बैंकको योजना रहेको छ ।