०१ असार २०८३, सोमबार

गोताखोरलाई झण्डै निलिदिएको ह्वेलले (भिडियो)

गोताखोरलाई झण्डै निलिदिएको ह्वेलले (भिडियो)

काठमाडौं – दक्षिण अफ्रिकाको एक समुद्री तटबाट केही पर गोताखोरी गरिरहेका एकजनालाई ह्वेलले झण्डै निलिदिएको छ । 

ती व्यक्ति समुद्रभित्र माछा र जलजन्तु हेरिरहेका थिए । अचनाक विशाल ह्वेल उनीभन्दा मुनि आइपुग्छ । 

भाग्यवश ह्वेल स्तब्ध भएका गोताखोरलाई केही नगरी अघि बढ्छ । 

घटनाको भिडियोमा ह्वेल गोताखोर नजिकैबाट गएको देखिन्छ । 

गोताखोर पानीको सतहमा आएपछि क्यामरालाई सेल्फी मोडमा राख्छन् र निकै आत्तिएका देखिन्छन् । 

उनको टोलीका अन्य व्यक्तिहरू गोताखोरी डुंगामा पृष्ठभूमिमा देखिन्छन् । 

ब्राइड्स प्रजातिको ह्वेल संसारका सबै महासागरमा पाइने जलजन्तुविज्ञहरूको भनाइ छ । 

तर तिनीहरू १६ डिग्री वा त्यसभन्दा माथिको तापक्रममा रहेको पानीमा बस्न मन पराउँछन् । 

यस्ता ह्वेलहरू क्यालिफोर्निया, दक्षिण अमेरिका र न्युजील्यान्डमा भेटिन्छन् ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्