०८ असार २०८३, सोमबार

यी व्यक्तिले विमानभित्रै ल्याए घोडा (भिडियो)

यी व्यक्तिले विमानभित्रै ल्याए घोडा (भिडियो)

काठमाडौं – अमेरिकन एयरलाइन्सका यात्रुहरू विमानभित्र घोडा देखेर तीनछक्क परेका छन् । 

शिकागोबाट ओमाहा गइरहेको विमानमा एक यात्रुले सानो घोडा समेत ल्याएको थियो । 

इभान नोवाक नामक यात्रु पनि उक्त उडानमा थिए । उनले त्यसको भिडियो खिचेर ट्विटरमा पोस्ट गरे । त्यसमा घोडा शान्त भएर उभिरहेको देखिन्छ । 

घोडाको नाम फ्लर्टी भएको र उसको आफ्नै ट्विटर र इन्स्टाग्राम अकाउन्ट समेत भएको बताइएको छ । 

अमेरिकन एयरलाइन्सको वेबसाइटमा लेखिएअनुसार, तालिमप्राप्त साना घोडाहरूलाई उडानमा अनुमति दिइन्छ । 

यस्ता घोडा एकदेखि तीन फीट अग्लो हुनुपर्ने र १५० देखि २५० पाउन्डका बीच हुनुपर्ने अनि औसत आयु कम्तीमा ३० वर्ष हुनुपर्नेछ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्