३२ असार २०८३, बिहीबार

एनआरएन स्पेनको विवाद सतहमा, कोरम नपुगेको बैठकबाट सदस्य मनोनयन

कात्तिक २०, २०७४
एनआरएन स्पेनको विवाद सतहमा, कोरम नपुगेको बैठकबाट सदस्य मनोनयन

बार्सिलोना, १७ चैत — गैरआवासीय नेपाली संघ (एनआरएन) स्पेनको अधिवेशनको पूर्वसन्ध्यामा कार्यसमितिलाई पूर्णता दिन बसेको बैठकमा विवाद शुरु भएको छ । बुधवार संघकोे आफ्नै कार्यालयमा बसेको बैठकले विधानविपरीत मनोमानी ढङ्गले शालिकराम डुम्ब्रेलाई नियुक्त गरेकोमा एनआरएनभित्र विवाद चुलिएको हो ।



                                            फाइल फोटो, स्रोत एनआरएन स्पेन डट्कम 

पच्चीस सदस्यीय समिति भएपनि कोरम नपुगी बैठक बसालिएको भन्दै विरोध भएको हो ।

अधिवेशनको संघारमा आवश्यक छलफलविना पूर्णता दिएकोमा संघको विवाद सतहसम्म आइपुगेको छ । संघकी उपाध्यक्ष विनिता रेग्मी खनालको प्रस्तावमा कार्यसमिति सदस्यसमेत नरहेका रामचन्द्र पौडेलको समर्थनमा डुम्ब्रेलाई पदस्थापन गरेको भन्दै संघका प्रवक्ता समेत रहेका सुभाष रानाभाटले आपत्ति जनाएका छन् ।

‘समितिमा भएका सदस्य साथीहरूको पूर्ण आवश्यक छलफलविना चोरबाटोबाट ल्याइएको प्रस्ताव हामीलाई मान्य छैन,’ उनले भने ।

एनआरएन कार्यसमितिको बैठकमा समितिको सदस्यसमेत नरहेका गैरसदस्यको समर्थनमा हाम्रो विमति रहँदा रहँदै मनोनित गरेर पदस्थापन गरेकोमा खेद व्यक्त गर्दै हस्ताक्षर समेत गरेका छैनन् ।

संघको आउँदै गरेको अधिवेशनलाई पूर्णता दिनकै लागि पूर्ण बहुमत संख्या समेत नपुगेको अवस्थामा कसरी वैधानिकता भयो भन्दै उनले रोष प्रकट गरे ।

अध्यक्ष, उपाध्यक्ष र महासचिवले पदको दुरुपयोग गरी बल मिच्याइँबाट भएकोे भन्दै यसलाई सच्याउन पुनः बैठक आह्वान गर्नुपर्ने असन्तुष्ट समूहको माग छ । संघका अध्यक्ष मुक्त गुरुङले अधिवेशनको समयमा छलफल गरेरै खाली पदमा पदपूर्ति गरिएको बताए ।

अध्यक्ष गुरुङले आवश्यक प्रक्रिया पूरा गरेरै निर्णय गरेको दाबी गरेपनि संघको २५ सदस्य संख्यामध्ये आठजनाले मात्रै हस्ताक्षर गरेका छन् । संघका महासचिव उमेश अधिकारीले २५ जना कार्यसमिति सदस्यमा बैठकमा आठ जनाको उपस्थिति रहेपनि बाँकी साथीहरूले पछि सहमति जनाउने दाबी गरे ।

बैठकमा बहुमत संख्या नपु–याई एकोहोरो ढङ्गबाट पदस्थापन गरेको भन्दै बाँकी सदस्यहरू असन्तुष्ट छन् ।

एनआरएन स्पेनको विधानमा राजनीतिक आचरण भएका व्यक्तिलाई नियुक्त गर्न प्रतिबन्ध लगाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्