०५ असार २०८३, शुक्रबार

सुनचाँदीको भाउ बढ्यो, कति छ आज मूल्य ?

सुनचाँदीको भाउ बढ्यो, कति छ आज मूल्य ?

काठमाडौं– साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार भने बढ्न पुगेको हो । 

मंगलवार नेपाली बजारमा छापावाल सुन प्रतितोलाभ ७२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको हो । त्यस्तै मंंगलवार तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

मंगलबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ । सोमबार भने चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्