
एजेन्सी-२० वर्षीय जैकव पीना नाम गरेका एक युवकको एउटा हातको औँला आवस्येक भन्दा धेरै बढिरहेको छ । सानोमा उनको औँला साधारण रहेपनि अहिले भने असाधारण रुपमा बढेर गएको छ । अचम्मको कुरा त के छ भने उनको औँला हामीले खेल्दै आइरहेका मोवाइल गेमको कारणले गर्दा नै बढेको तथ्य फेला परेको हो ।
उनी हामीले जसरी नै औँलालाई प्रयोग गरेर खेलिने एक्स बक्स नामको गेम खेल्ने गर्थे । म्यासाचुसेट्समा बस्दै आएका पीनाले गेम खेल्दै जाँदा आफ्नो औँला बढिरहेको भन्ने कुरा थाहा नै पाएनन् । तर गेम खेल्दा खेल्दै उनको औँला साढे चार इन्च बढेको छ ।
स्केलले नाप्ने क्रममा उनको औलाको लम्बाई साधारण नापभन्दा साढे चार इन्च बढेको पाइएको हो । अधिकांश काम गर्नको लागि उनलाई असहज हुने गरेको छ । अहिले यो घट्ना पछि सबै त्रसित बनेका छन् ।