०३ साउन २०८३, आइतबार

सिंगापुरबाट दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक

सिंगापुरबाट दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक

काठमाडौं– विभिन्न विवादका बाबजुद सरकारले दोस्रो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रालयको गोपनियतामाथि विभिन्न निकायबाट प्रश्न उठिरहेको बेला सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग सरकारका कामकाजबारे मंगलवार छलफल गरेका छन् ।

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार भिडियो कन्फरेन्समार्फत सोमबार क्याबीनेट सदस्यहरुसँग सरकारको पछिल्ला कामकाजबारे छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेन्समार्फत मन्त्रीहरुसँग कामकाजको अपडेट लिने र आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिने उदेस्यले भिडियो कन्फरेन्स बैठक राखिएको रिमालले जानकारी दिएका छन् । 

यसअघि गत भदौ ९ गते सिंगापुरबाट प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक राखेका थिए । त्यो बैठकलाई लिएर गोपनियताको सुरक्षाबारे विभिन्न विवाद उत्पन्न भएको थियो । यसै भिडियो कन्फरेन्स प्रधानमन्त्री ओलीका सल्लाहकार रिमालले मन्त्रिपरिषद् बैठक भनेपनि सरकारका प्रवक्ता एवम् सुचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक नभई सामान्य 'हेलो हाई' मात्रै भएको बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्