०५ साउन २०८३, मंगलबार

प्रभू बैंक लिमिटेडको विभिन्न ठाउँमा ३ एक्स्टेन्सन काउण्टर

प्रभू बैंक लिमिटेडको विभिन्न ठाउँमा ३ एक्स्टेन्सन काउण्टर

काठमाडौं – प्रभू बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको मौलापुर र गरुडा मालपोत कार्यालय तथा नवलपुर जिल्लाको कावासोती मालपोत कार्यालयमा एकैसाथ ३ वटा एक्स्टेन्सन काउण्टर कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

मौलापुर र गरुडास्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख भिमार्जुन ज्ञवाली र कावासोतीस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपुरका कार्यालय प्रमुख मोहन शरण भण्डारी र कावासोती मालपोत कार्यालय प्रमुख नारायण गैरेले संयक्त रुपमा एक समारोहबीच उद्घाटन गरेका छन् ।

प्रभू बैंकले १९३ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरमार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

रौतहट तथा नवलपुर जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीले अब विना झण्झट प्रभू बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्रबैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभू बैंक लिमिटेडले मालपोत कार्यालयमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभू बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै तीनै वटा मालपोत कार्यालयको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ ।

प्रभू बैंकका तीनै वटा एक्स्टेन्सन काउण्टर कार्यालयबाट प्रवाह हुने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राही प्रभू बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजस्व संकलन प्रक्रियामा सहजता आई राजस्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्