जेठ ७, २०७९
आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली स...
काठमाडाैं | भदौ १७, २०७६
काठमाडौं– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको ओसाकाका लागि झण्डै ११ वर्षपछि शुरू भएको नेपाल वायु सेवा निगमको नियमित उडानमा कटौती हुने भएको छ ।
यात्रु नपाएपछि निगमले एक महिनाका लागि सातामा ३ मध्ये एक उडान कटौती गर्ने निर्णय गरेको प्रवक्ता गणेशबहादुर चन्दले लोकान्तरलाई जानकारी दिए ।
सातामा तीन दिन मंगलवार, बिहीवार र शनिवार काठमाडौं–ओसाका–काठमाडौं उडानका लागि जेक्याबबाट अनुमति पाएकोमा बिहीवारको उडान कटौती गर्ने निर्णय गरेर जापन सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई जानकारी समेत गराइसकेको निगमका नायब प्रबन्ध निर्देशक समेत रहेका प्रवक्ता चन्दले बताए ।
‘पूअर लोड (कम यात्रु) का कारण हामीले बिहीवारको फ्लाइट झिक्ने भनेर निर्णय गरेका छौं,’ प्रवक्ता चन्दले भने, ‘यस विषयमा जेक्याबलाई जानकारी समेत गराइसकिएको छ ।’
जेक्याबले फ्लाइट कटौती गर्नुको कारण सोधेको र आफूहरूले जवाफ समेत पठाइसकेको उनको भनाइ छ । ‘हामीले पूअर लोड र ल्याक अफ पब्लिसिटी (प्रचारप्रसार अभाव) को कारण देखाउँदै जवाफ पठाएका छौं,’ चन्दले भने ।
व्यवस्थापकीय कमजोरीले घाटाको व्यापार
वाइड बडी विमान खरिदपछि त्यसलाई नयाँ गन्तव्य खोज्ने क्रममा जापान उडानका लागि पहल शुरू भएको थियो । सबै प्रक्रिया पूरा गरेर यस वर्षको शुरू (वैशाख) मै उडान अनुमति पाएपनि भदौ दोस्रो साताबाट मात्र उडान शुरू भएको हो ।
यसबीचमा गत जुलाइका लागि तय भएको उडान रद्द भएको थियो ।
तयारीका लागि झण्डै ५ महिनाको समय पाउँदा पनि निगम व्यवस्थापनको कमजोरीका कारण एउटै उडानबाट लाखौं घाटा व्यहोर्नुपर्ने स्थिति आएको छ ।
स्रोतका अनुसार काठमाडौंबाट वाइड बडी विमान ओशाका पुगेर फर्किंदा अनुमानित खर्च १ करोड २० लाख हुन जान्छ । निगमका प्रवक्ता चन्द नै एक करोड बराबर खर्च हुने स्वीकार्छन् ।
निगमले काठमाडौं–ओसाका एकतर्फी प्रबर्द्धनात्मक भाडादर ३६ हजार ९९९ रुपैयाँ तोकेको छ । दुईतर्फी यात्राका लागि भने ७२ हजार ८ सय १४ रुपैयाँ तिनुपर्ने हुन्छ ।
यही भाडादरले हिसाब गर्र्ने हो भने काठमाडौंबाट ओसाका गएको विमान काठमाडौं फर्किंदासम्मको लगानी मात्र उठ्न दुईतर्फ गरी कम्तिमा ३२४ यात्रुले शुल्क सहितको टिकटमा यात्रा गर्नुपर्ने हुन्छ ।
२७५ सिट क्षमताको वाइड बडी विमानले १६२ भन्दा कम यात्रु बोक्दा घाटा नै हुन जान्छ ।
निगमले उपलब्ध गराएको तथ्यांक अनुसार गत शनिवार ओशाकाबाट काठमाडौं फर्किने क्रममा जम्मा ५६ जना यात्रु थिए, त्यसमा बिहीवार पहिलो उडानमा जापान गएर फर्किने करीब एक दर्जन फ्री टिकटका यात्रु समेत सामेल थिए ।
यसरी हेर्दा एउटै उडानमा सरदर ८० लाख घाटा व्यहोर्नुपरिरहेको छ ।
घाटालाई बढ्न नदिन नै एक महिनाका लागि बिहीवारको उडान स्थगित गरिएको प्रवक्ता चन्द बताउँछन् ।
तत्कालका लागि घाटा न्यूनीकरण गर्न न्यारो बडीलाई जापान पठाउने विकल्पबारे सोच्नुपर्ने आफ्नो धारणा रहेको उनी बताउँछन् ।
‘वाइड बडी उड्दा धेरै खर्च हुन्छ, न्यारो बडीमा त्यति खर्च हुँदैन, तत्कालका लागि न्यारो बडीलाई उडाउने पनि एउटा विकल्प हुनसक्छ,’ प्रवक्ता चन्दले भने ।
न्यारो बडी विमानमा इन्धन साढे ४ घण्टाका लागि मात्र हुने भएकाले बीचमा कतै ट्रान्जिट लिएर इन्धन भर्ने व्यवस्था भने गर्नुपर्ने उनको भनाइ छ ।
सिधा उडानका लागि काठमाडौं–ओसाका ६ घण्टा र ओसाका–काठमाडौं साढे ७ घण्टा लाग्ने निगमले जनाएको छ ।
उडान रद्द भएपछि मर्कामा सेवाग्राही
सेप्टेम्बरको ५, १२, १९ र २६ तारिखका लागि तय भएको उडान रद्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । योजनाअनुसारको समयमा उड्न नपाउने पीडा त छँदैछ, उनीहरूले अहिलेसम्म टिकटका लागि तिरेको शुल्क फिर्ता पाउन समेत सकेका छैनन् ।
‘यी ४ उडानका लागि पनि सीमित टिकट काटिएका रहेछन् तर फ्लाइट रद्द भएपछि उनीहरू मर्कामा छन्,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘सिस्टममा रिफण्डको समेत व्यवस्था नहुँदा उनीहरूले कम्प्लेन गरिरहेका छन् ।’
उडानको तयारीका लागि ५ महिनाको समय हुँदा समेत आवश्यक सिस्टम समेत बसाल्न नसकेको देखिन्छ ।
पर्यटन मन्त्रीलाई पहिलो गाँसमै ढुंगा !
गत बिहीवार राति ओसाका उडानको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले भनेका थिए, ‘ओसाका उडान नेपाल एयरलाइन्सका लागि क्रान्तिकारी फड्को हो ।’
ठूलो परिमाणमा रकम खर्चिएर खरिद गरिएको विमान काम नपाएर थन्किनु परिरहेको अवस्थामा नयाँ गन्तव्य पाउन सकारात्मक नै हो तर पर्याप्त तयारी गर्न निगम चुक्दा ओसाका उडान पर्यटन मन्त्री भट्टराईका लागि समेत ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तो भएको छ ।
युवा पुस्ताले निकै आशा गरेका पर्यटन मन्त्री भट्टराईका मुख्य चुनौतीमध्ये घाटामा रहेको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी नेपाल एयरलाइन्सलाई उकास्नु पनि एक हो तर अक्षम नेतृत्वका कारण निगमको घाटा दिनप्रतिदिन बढ्दै गइरहेको छ ।
निकै उत्साहका साथ शुरू गरिएको उडानलाई समेत एक साता पनि निरन्तरता दिन नसक्नुले व्यवस्थापकीय कमजोरीलाई उदांगो पारिदिएको छ ।
निगमको व्यवस्थापकीय सुधारमा छिट्टै ध्यान नजाने हो भने घाटा दिन दोगुना, रात चौगुना बढ्ने देखिन्छ ।
एक महिनापछि दशैंका यात्रु पाउने आशा
स्थगित गरिएको बिहीवारको उडान अक्टोबर महिनाबाट सुचारू हुने निगमका सहप्रवक्ता सुलेख मिश्र बताउँछन् । असोज महिनाका लागि उताबाट राम्रै संख्यामा टिकट बूकिङ भएको मिश्रले लोकान्तरलाई जानकारी दिए ।
‘असोजमा उताबाट दशैंका लागि फर्किने नेपालीहरू हुन्छन्, कात्तिकमा जाप्निजहरू घुम्न हिँड्ने समय रहेछ त्यसैले समस्या छैन,’ मिश्रले लोकान्तरसँग भने, ‘असोज र कात्तिकका लागि उताबाट राम्रो छ ।’
यद्यपि अहिलेको भाडा दरमा दुईतर्फ गरी करीब ३२४ यात्रुले यात्रा नगर्दासम्म लगानी उठ्ने देखिँदैन ।
उताबाट २ सय ७४ सिट नै भरेर आउने हो भने पनि यताबाट पनि ठूलै संख्यामा यात्रु नलैजाँदासम्म घाटा पूर्ति हुने देखिँदैन ।
आन्तरिक राजश्व विभाग अन्तर्गतको आन्तरिक राजश्व कार्यालय धुलिखेलले कर बक्यौता नतिर्ने ६१ कम्पनीको नाम सार्वजनिक गरेको छ । पटक पटक कर बक्यौता दाखिला गर्नका लागि ताकेता गर्दा पनि कर दाखिला नभएपछि नामावली स...
कुवेतको अग्रणी एयरलाइन जजीरा एयरवेजले मध्य–पुर्व, एसिया र युरोपमा पनि आफ्नो उडान सेवा विस्तार गरेको छ । जजीराले भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवाको शुरुवा...
सरकारले आगामी आर्थिक वर्षको बजेट सबै समुदाय र महिला वर्गले महसुस गर्ने गरी आउनुपर्ने सुझाव संसद सदस्य पुष्पा भुसालले दिएकी छन् । बजेटका सिद्धान्त र प्राथमिकतालाई अझै सुन्दर बनाउने गरी बजेट आउनुपर्ने पनि उनको भन...
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले निजी क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा लगानी गर्न नदिनुपर्ने र भएका लगानीलाई पनि शेयर दिएर अन्यत्रै पठाउनुपर्ने बताएका छन् । यो क्षेत्रको पूर्ण दायित्व राज्यले लिनुपर्ने ...
नेकपा एमालेका सांसद भीम रावलले सरकारले व्याख्यात्मक टिप्पणीपछि अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेका छन् । उनले बिहीवारको प्रतिनिधि सभामा भइरहेको पूर्व बजेट छलफलमा बोल्ने क्रममा उक्त माग गरेका...
पूर्व प्रधानमन्त्री झलनाथ खनालले औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने बताएका छन् । बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्रा...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...