२७ असार २०८३, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बुधवार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी छलफल गरिने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार, आज कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धि सांसद र मन्त्रीबीच प्रश्नोत्तर हुने कार्यसूची रहेको छ । 

यस्तै, आजैको बैठकले प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् । 

यससंगै आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको औद्योगिक व्यवसाय विधेयक, २०७५ माथि छलफल तथा पारितका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्