१८ असार २०८३, बिहीबार

आफूविरुद्ध भोट दिने सांसदलाई जोनसनले पार्टीबाट निकाल्ने, ताजा निर्वाचनको घोषणा सम्भव

आफूविरुद्ध भोट दिने सांसदलाई जोनसनले पार्टीबाट निकाल्ने, ताजा निर्वाचनको घोषणा सम्भव

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सरकारविरुद्ध उभिँदै सम्झौताविहीन ब्रेक्जिट रोक्नका लागि भोट दिने कन्जर्भेटिभज पार्टीका सांसदहरूलाई निकाल्ने सोच बनाएको जोनसनको कार्यालयका एक प्रवक्ताले पुष्टि गरेका छन् । 

औपचारिक सम्झौताविना नै बेलायतलाई युरोपेली संघबाट अलग्याउने जोनसनको कदमलाई रोक्ने गरी ल्याइएको विधेयक सांसदहरूले पारित गरेको केही घन्टापछि निष्काशनको योजना आएको हो । 

‘सरकारको पक्षमा मत नदिने टोरी सांसदहरूसँग प्रमुख सचेतकले कुराकानी गरिरहेका छन् । उनीहरूको ह्विप हटाइनेछ,’ ती प्रवक्ताले भने । 

मंगलवार ३०१ मतविरुद्ध ३२८ मतका साथ विधेयक पारित भएको हो । सत्तारूढ कन्जर्भेटिभ पार्टीका २१ सांसदले सरकारको पक्षमा मत दिएका थिएनन् । विधेयक पारित भएपछि जोनसनले आमनिर्वाचन गराउने योजना बनाएको संसद्लाई बताए । तर आमनिर्वाचनका लागि हाउस अफ कमन्सको दुईतिहाइ बहुमत आवश्यक हुन्छ । 

सन् २०२२ अघि निर्वाचन आह्वान गर्नका लागि फिक्स्ड टर्म पार्लियामेन्ट्स याक्ट अन्तर्गत जोनसनले विपक्षी लेबर पार्टीको समर्थन लिनुपर्ने हुन्छ किनकि निर्वाचन घोषणामा बेलायतका ६५० सांसदको मत आवश्यक पर्छ । 

तर लेबर पार्टीका नेता जेरेमी कोर्बीनले विपक्षी सांसद तथा टोरीका विद्रोही सांसदहरूले समर्थन गरेको विधेयक कुनै पनि निर्वाचनअघि पारित गरिनुपर्ने ताकि सम्झौताविहीन ब्रेक्जिट हुन नसकोस् भनेका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्