
काठमाडौं– सीता एयरको विमान दूर्घटनाबाट जोगिएको छ । बुधवार विहान लुक्ला विमानस्थलबाट काठमाडौंका लागि उडेको सीता एयरको ड्रोनियर ९ एन–एजेएच विमानको एउटा इन्जिन आकाशमै फेल भएपनि दूर्घटनाबाट जोगिएको हो ।
पाइलट भरत थापासहीत चालक दलका तीन जना सदस्या विमानमा रहेका थिए । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले विमान दूर्घटनाबाट जोगिएको थाहा हुन आएको र त्यसको बारेमा विस्तृत बुझिरहेको बताए ।
‘लुक्लादेखि काठमाडौंका आउन लागेको सीता एयरको जहाजको इन्जिन आकाशमै फेल भएको जानकारी आएको छ’ पौडेलले भने, ‘सकुशल काठमाडौं अवतरण भइसकेको जानकारी आएपनि विस्तृत बुझ्ने काम भइरहेको छ, ।’
विमानमा चालक दलका सदस्य मात्रै रहेका दूर्घटनाबाट जोगिएकाले सबै सकुशल अवतरण भएको बताइएको छ ।
विमान बुधवार विहान पौनै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।