२३ असार २०८३, मंगलबार

इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए

इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए

काठमाडौं– इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् । इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो ।

सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग ध्वस्त हुनको साथै नौ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताएका छन् ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ । यद्यपि आइएसका लडाकू समूहले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर बसेका छन् र सरकारी संघ संस्था र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्