०२ असार २०८३, मंगलबार

ठूलो खुलासा, कपिलको शोमा सुनिलको ठाउँमा यी महिलाले अभिनय गर्नेछिन्

कात्तिक २०, २०७४
ठूलो खुलासा, कपिलको शोमा सुनिलको ठाउँमा यी महिलाले अभिनय गर्नेछिन्

काठमाडौं, १७ चैत — कपिल शर्मासँग झगडा परेपछि छुट्टिएका सुनिल ग्रोवरको ठाउँमा एक महिला आउने भएकी छन् ।


कपिलले सुनिललाई फकाउन भरमग्दुर प्रयास गरेको भएपनि सुनिलले चित्त दुखाइरहे । आउने नै हो भने चर्को पारिश्रमिक दिनुपर्ने शर्त सुनिलले तेर्स्याए ।

केही नलागेपछि कपिलले सुनिलको विकल्पमा एक महिला ल्याउन खोजिरहेका छन् । कपिलको शोमा धेरुेजसो पुरुष नै महिला बन्ने गरेकोमा अब अर्की साँच्चिकैकी महिला आउने भएकी छन् ।

ती महिला हुन् जेमी लिवर । बलिउडका प्रसिद्ध हास्यकलाकार जोनी लिवरकी छोरी हुन् यिनी ।


यो कुरालाई सोनी च्यानल आफैंले पुष्टि गरेको छ । एक ट्वीट लेख्दै सोनीले कपिल शर्माको शोमा नयाँ कलाकार आउने पक्का भएको जानकारी दियो ।

जेमी कपिलले खेलेको फिल्म 'किस किसको प्यार करूँ'मा नोकर्नीको भूमिकामा थिइन् । उनी द कपिल शर्मा शोमा शूटिङ गरिरहेको देखिइन् । सोनीले पनि उनलाई मन पराएको बुझिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्