०९ असार २०८३, मंगलबार

दुम्सीले चितुवालाई रिंग्यायो (भिडियो)

दुम्सीले चितुवालाई रिंग्यायो (भिडियो)

काठमाडौं – दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा एउटा चितुवाले दुम्सी खान खोजेको छ । 

तर दुम्सीका ठूलाठूला काँडाका कारण चितुवाले त्यसलाई झम्टिनै सकेन । 

दुम्सीलाई सीधै आक्रमण गर्न खोज्दा चितुवा डरायो किनकि दुम्सीका काँडाले उसलाई घोचेर घाउ बनाउने सम्भावना थियो । 

गेर्रिथ मायर नामक व्यक्ति निकुञ्जमा राति गाडी चलाएर गइरहेको बेलामा यो दृश्य देखे । सडकको बीचमा यो रमाइलो दृश्य देखेपछि उनले त्यसलाई भिडियोमा कैद गरेका हुन् । 

दुम्सी यताउता घुमेर चितुवालाई हैरान बनाइरहेको देखिन्छ । मारेर खान पाइएला भन्ने आशामा चितुवा चाहिँ दुम्सी जता गयो त्यतै पछ्याइरहेको देखिन्छ । दुम्सीले चितुवालाई आफ्नो पछिल्लो भाग देखाउँदै चिढ्याउँछ ।

समय बित्दै जाँदा चितुवा निकै अन्योलमा पर्छ र आक्रमण गर्ने उपाय नै भेट्दैन । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्