२२ जेठ २०८३, शुक्रबार

जापानले उत्तर कोरियामाथि तत्काल आक्रमण गर्नुपर्ने बतायो

कात्तिक २०, २०७४
 जापानले उत्तर कोरियामाथि तत्काल आक्रमण गर्नुपर्ने बतायो

काठमाडौं, १७ चैत — जापानका रक्षाप्रमुखहरूले उत्तर कोरियाको आणविक धम्कीलाई हल्का रूपमा दिन नहुने बताउँदै उसमाथि आक्रमण गर्नका लागि तत्कालै क्षेप्यास्त्र बनाउनुपर्ने बताएका छन् ।


किम जोङ–उनले कुनै पनि बेला आणविक हतियार प्रयोग गर्न सक्ने भएकाले त्यसो हुनबाट रोक्न बमवर्षा गर्नुपर्ने जापानीहरूको धारणा हो ।

यसै महिनाको शुरुतिर उत्तरले सी अफ जापानमा चार क्षेप्यास्त्र प्रहार गरेको थियो । तीमध्ये तीन क्षेप्यास्त्र अमेरिकी सैनिक आधारइलाकानिर खसेका थिए ।

सुरक्षाविज्ञहरूले उत्तरविरुद्ध आक्रमण गर्न सरकारसँग अनुमति मागेका छन् ।

लिबरल डेमोक्रेटिक पार्टीको सुरक्षा प्यानलले प्रधानमन्त्री शिन्जो अबेलाई हतियार तत्काल निर्माण गर्न आह्वान गरेको छ ।

प्यानलका एक प्रवक्ताले भने, ‘उत्तर कोरियाका उत्तेजक गतिविधिले हाम्रो देशलाई पनि असर पार्न थालेका छन्, यसलाई बेवास्ता गर्नु हुँदैन ।’

‘हामीले ब्यालिस्टिक क्षेप्यास्त्र सुरक्षालाई मजबुत बनाउनमा एक क्षण पनि नष्ट गर्नु हुँदैन ।’

सुरक्षा गठबन्धनको हिस्साका रूपमा अमेरिकाका ४७ हजार सैनिक र हातहतियार जापानमा छन् ।

तर ट्रम्प प्रशासनले आफ्नै देशको सुरक्षा चिन्तामा जापानलाई बेवास्ता गरिदेला भनेर जापानीहरू चिन्तित छन् ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्