२३ जेठ २०८३, शनिबार

ब्राजिलको मासु १४ देशमा बन्देज

कात्तिक २०, २०७४
ब्राजिलको मासु १४ देशमा बन्देज

रियो दि जेनेरियो, १७ चैत – ब्राजिलको मासुलाई अझै पनि १४ ओटा देशमा बन्देज लगाइएको ब्राजिलका कृषि मन्त्रीले बताएका छन् ।

ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको बुधवार उनले बताए ।

उनका अनुसार अल्जेरिया, बाहामास, मेक्सिको, मोरोक्को, कतार, जिम्बाबे लगायतले ब्राजिलको मासु आयातमा पूर्ण रुपमा निषेध गरेका छन् ।

त्यस्तै जापान, स्विजरल्याण्ड, भियतनाम, युरोपेली सङ्घ, दक्षिण अफ्रिका, युएइ, साउदी अरव, क्यानडा र पेरुले ब्राजिलको मासु निर्यात संवन्धी विवादित कम्पनीहरुको मासु आयात नगर्ने निर्णय कायमै राखेका छन् ।

केही समय अगाडी ब्राजिलका केही कम्पनीहरुले म्याद गुज्रिएका र खान नहुने मासु निर्यात गरेको भेटिएपछि ती देशहरुले मासु आयातमा बन्देज लगाएका हुन् ।

ब्राजिलका मासु निर्यात गर्ने २१ ओटा कम्पनीहरुले कृषि मन्त्रालयका अधिकारीहरुलाई ठुलो मात्रामा घुष खुवाएर मासु परिक्षणमा आखा चिम्लीने गराएका थिए ।

उनीहरुले पर्याप्त परिक्षण नगरी मासु निर्यात गरेकाले निर्यात गरिएको मासुको प्याकेटमा खान नहुने मासु भेटिएपछि अहिले सम्म पनि मासु निर्यातमा बन्देज भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्