२७ जेठ २०८३, बुधबार

अब सिंहदरवारका लागि आवश्यक पानी भित्रै उत्पादन गरिने

कात्तिक २०, २०७४
अब सिंहदरवारका लागि आवश्यक पानी भित्रै उत्पादन गरिने

काठमाडौं, १७ चैत –आगामी एक महिनाभित्र सिंहदरवारका लागि आवश्यक पानी त्यहीँभित्र उत्पादन गरिने भएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार पानी उत्पादनका लागि ट्युवेल र पानी प्रशोधन केन्द्रको निर्माणसमेत सम्पन्न भइसकेको छ ।

एक सेकेन्डमा १० लिटर पानी
मन्त्रालयका अनुसार ट्युवेल तथा प्रशोधन केन्द्रबाट प्रतिसेकेन्ड १० लिटर पानी उत्पादन गर्नेगरी तयारी गरिएको छ ।

यो पानी सिंहदरवारका सबै मन्त्रालय र निकायमा वितरणको व्यवस्था गरिने छ । यसका लागि वितरणको व्यवस्थापनको काम पनि भइरहेको मन्त्रालयले बताएको छ ।

तर, खान नमिल्ने, अन्य प्रयोजनमा प्रयोग गर्न सकिने
मन्त्रालयका अनुसार सिंहदरवारभित्र उत्पादन गरिने पानी पिउन भने मिल्दैन । आइरनको शुद्विकरण गर्न सकिए पनि एमोनिया अत्यधिक भएकाले र यसलाई निर्मूल गर्न नसकिँदा पिउने प्रयोजनमा यो पानी प्रयोग गर्न नसकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, उत्सर्जित फोहोर पानी, दिशाजन्य लेदो पनि भित्रैबाट जिरोवेस्ट व्यवस्थापन गर्न लागिएको मन्त्रालय बताउँछ ।

salt training

कमेन्ट गर्नुहोस्