२३ जेठ २०८३, शनिबार

‘जनताका माझमा राप्रपा’ कार्यक्रमलाई देशैभर सञ्चालन गरिने

कात्तिक २०, २०७४
‘जनताका माझमा राप्रपा’ कार्यक्रमलाई देशैभर सञ्चालन गरिने


काठमाडौँ, १७ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीका उपाध्यक्ष तथा महामन्त्रीलाई अञ्चल प्रमुख रहने गरी जिम्मेवारी दिएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको पदाधिकारी तथा नेताको बैठकले आसन्न निर्वाचनका लागि ‘जनताका माझमा राप्रपा’ भन्ने कार्यक्रमलाई देशैभर सञ्चालन गरी १४ अञ्चलमा सभा गर्ने निर्णय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी वैशाख १० गतेसम्म प्रचारप्रसारका कार्यलाई देशैभर पु¥याउने निर्णय गरिएको छ । अञ्चल प्रमुख रहेको समिति निर्वाचनमा उम्मेदवार छनोटको मापदण्ड, कार्यकर्ता परिचालन र सङ्गठन सुदृढीकरणका लागि क्रियाशील रहनेछ ।

बैठकमा अध्यक्ष थापाले प्रधानमन्त्री, नेपाली काँग्रेस र नेकपा९एमाले०का शीर्ष नेतृत्वसँग भएको छलफलका बारेमा नेतालाई जानकारी गराउनुभएको थियो । अध्यक्ष थापाले निर्वाचनको सुनिश्चितता भएकाले पार्टीका सबै नेता तथा कार्यकर्तालाई जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न निर्देशन दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्