काठमाडौं, १८ चैत – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा रहेको मर्यादाक्रम विवाद तत्काल टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छ ।

बुधबार साताव्यापी चीन भ्रमण सकेर स्वदेश फर्केका दाहाल बिहीबार साँझ कांग्रेस सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए ।
देउवाले प्रधानमन्त्रीलाई पार्टीबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्री विमलेन्द्र निधिलाई दोस्रो रोलक्रममै राख्न आग्रह गरेको हुन्, नागरिकमा खबर छ ।