
काठमाडौं, १८ चैत - युवतीलाई नसालु पदार्थ सेवन गराई अश्लिल भिडियो तयार गरेर ब्ल्याकमेल गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला बैतडी, देहमाण्डी ६ बस्ने वर्ष २३ को राज बहादुर बोहरालाई केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको हो । उनलाई ब्युरोबाट विद्युतिय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य जारी राखेको ब्युराे जनाएको छ ।
सामाजिक संजालको दुरुपयोग गरि विभिन्न माध्यमबाट व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छीत कृयाकलापहरु मार्फत मानसिक पिडा दिई समाजमा भ्रमपूर्ण नकारात्मक सन्देश फैलाई व्यक्तिगत चरित्र माथि नै प्रश्न चिन्ह खडा हुने गरि व्यक्तिगत छवि तथा पारिवारीक सम्बन्ध समेत धमिल्याउन खोज्ने गतिविधि उनले गरेको प्रहरीले जनाएको छ ।
काठमाण्डौ २६ की युवतीलाई पटक पटक टेलिफोन मार्फत कुराकानी गरि बिभिन्न बाहाना बनाई अप्रत्यासित रुपमा रातको समयमा बस्ने कोठामा प्रवेश गरि निजलाई नशालु पदार्थ खुवाई निजको अश्लिल भिडियो खिचेको प्रहरीले जनाएको छ ।
सोही भिडियो म सँग छ भन्दै पैसा तथा गरगहना ठगी गर्ने कार्यमा संलग्न रही पिडितको नातेदारहरुलाई समेत सो भिडियो फेसबुक म्यासेन्जर मार्फतपठाईदिई पिडितलाई निरन्तर रुपमा मानसिक पिडा दिने तथा पिडितको चरित्र हत्या गर्ने कोशीश उनले गरेको प्रहरीले जनायो ।
*सन्दर्भ तस्वीर