
काठमाडौं – रकम पठाउने र प्राप्त गर्ने नेपालको अग्रणी तथा विश्वासिलो रेमिटान्स कम्पनी प्रभू मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकका लागि लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आफ्ना ग्राहकलाई सीजी इलेक्ट्रोनिक्सका विभिन्न ब्राण्ड एलजी, सीजी, गोदरेज, टीसीएल लगायत सामानमा आकर्षक छूट प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
छूटबाट नेपालभित्र तथा बाहिरका ग्राहकलाई प्रत्यक्ष फाइदा हुनेछ । आफ्ना सन्तुष्ट ग्राहकलाई पूर्ण सुविधा दिँदै आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै कम्पनीले छूट व्यवस्था ल्याएको हो ।
यसअन्र्तगत कुनै पनि ग्राहकले प्रभू मनि ट्रान्सफरको जुनसुकै शाखाबाट रकम प्राप्त गर्दा दिइने रसिद लिएर सीजी इलेक्ट्रोनिक्सका कुनै पनि शोरुम सीजी डिजिटल तथा एलजी लाइफ स्टायल शोरुमबाट टीभी, फ्रिज वाशिङ मेसिन तथा अन्य घरायसी सामग्री खरिद गर्दा आकर्षक छूट प्राप्त गर्न सक्नेछन् । छूट योजना सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।