१२ असार २०८३, शुक्रबार

रोनाल्डोको प्रतिमा डरलाग्दो भएको भन्दै समाजिक सञ्जालमा हंगामा

कात्तिक २०, २०७४
रोनाल्डोको प्रतिमा डरलाग्दो भएको भन्दै समाजिक सञ्जालमा हंगामा
पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोको नामबाट मडेइराको विमानस्थलको नामाकरण गरिएको छ ।
विमानस्थलको बाहिर रोनाल्डोको अनुहार भएको एक प्रतिमा बनाइको छ , जुन पछिल्ला दिनमा समाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

यो प्रतिमा समाजिक सञ्जालमा चर्चामा हुनेको कारण यसको स्वरुप हो । रोनाल्डोको यो प्रतिमा केही डराउने खालको रहेको बताइएको छ । उनका फ्यानहरुले उनको उक्त प्रतिमासँग मिल्ने खालका फोटोहरु समेत पोस्ट गरिरहेका छन् ।
रोनाल्डोको जन्म पोर्चुगलको यही शहरमा भएको हो । जसका कारण सरकारले यो स्थानको एयरपोर्टको नामाकरण उनको नामबाट गर्ने फैसला गरेको हो । यससँगै यो एयरपोर्टको नाम ‘एरोपोर्टो क्रिस्टियानो रोनाल्डो’ नामाकरण भएको छ ।
एयरपोर्टको नामाकरणमा उनकी आमा मारिया इवेइरो, गर्लफ्रेण्ड जर्जिना रोड्रिगेज र उनका छोरो क्रिस्टियानो जूनियरपनि उपस्थित रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्