२८ असार २०८३, आइतबार

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकाले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

रकम स्व. मनमाया मगरको छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका–२ का वडाध्यक्ष टिकादत्त इटनि, बैंकको पर्सा शाखाका शाखा प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभास गिरीले संयुक्त रुपमा १ लाख ४३ हजार ७ सय ८४ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

salt training

कमेन्ट गर्नुहोस्