०१ असार २०८३, सोमबार

नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सजिलो, नेपाल पहिलेकै ठाउँमा

कात्तिक २०, २०७४
नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सजिलो, नेपाल पहिलेकै ठाउँमा
काठमाडौं, १८ चैत - नेपाल अष्ट्रेलियन एसेसमेन्ट लेभलमा फेरी पनि दोस्रो स्थानमा रहन सफल भएको छ । दोस्रो स्थानै रहेकोले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सहज हुने छ ।

त्यहाँको अध्यागमन विभाग र सुरक्षा विभागका अनुसार नेपाल फेरी पनि दोस्रो स्थानमै रहन सफल भएको हो । शुक्रवार एसेसमेन्ट लेभलमा हेरफेर गरिएको थियो ।

सो कारणले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया पुग्न सजिलो हुने शैक्षिक परामर्शदाताहरुले बताएका छन् । नेपालले आफ्नो पुरानै लेभल कायम गरेकोले अष्ट्रेलियाका उच्च लेभलमा रहेका विश्व विद्यालयमा आवेदन दिँदा आर्थिक कागजपत्र हाइ कमिसनमा बुझाउन नपर्ने भएको छ ।

नेपाल तेस्रो स्थानमा झरेको भए माथिल्लो लेभलमा रहने लेभल एक र दुईमा रहेका शैक्षिक संस्थामा निवेदन दिँदा वित्तिय विवरण पेश गर्नुपर्ने बाध्इता रहन्थ्यो । यस्तो हुँदा भिषा रिजेक्ट हुने सम्भावना रहन्थ्यो ।

पछिल्ला वर्षहरुमा नेपालबाट हरेक वर्ष झण्डै १० हजार विद्यार्थी अध्ययनका लागि त्यहाँ जाने गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्