२२ जेठ २०८३, शुक्रबार

अनुहारको कोठी हटाउने सजिला पाँच घरेलु उपायहरू

कात्तिक २०, २०७४
अनुहारको कोठी हटाउने सजिला पाँच घरेलु उपायहरू
काठमाडौं, १८ चैत - चिटिक्क परेको अनुहारमा कालो कोठी आयो भने जसलाई पनि तनाब हुनछ । धेरैले सोच्छन कि यो कालो कोठीलाई फाल्न पाए निकै राम्रो हन्थ्यो ।

कसैकसैले त सानोतिनो अप्रेशन गरेर भएपनि कोठी हटाउन पाए हुन्थ्यो भनेर सोच्छन । तर त्यसो गर्नुपर्दैन सामान्य घरेलु उपाय अपनाउँदा पनि कोठी हट्छ । अनुहार चिटिक्क देखिन्छ । विभिन्न स्वास्थ्य सम्बन्धी एजेन्सीहरुमा प्रकाशित सामग्रीको आधारमा यी टिप्स तयार पारिएको हो ।

एस्पिरिनको पेष्ट

यो पेष्ट सामान्य तथा पेन किलरको रुपमा प्रयोग गरिन्छ । तर यसलाई कोठी हटाउनको लागि पनि प्रयोग गर्न सकिन्छ ।
एस्पिरिनको ट्यावलेटलाई फुटाएर पाउडर बनाउने । यसलाई मानीमा मिलाएर पेष्ट बनाउने । त्यसपछि कोठीमा लगाउने । आधा घण्टापछि सफा पानीले पखाल्ने । तिरन्तर केही दिन यस्तो गरेमा कोठी हराएर जान्छ ।

भिनेगर र तातोपानी

मनतातो पानीमा सेतो भिनेगर मिसाउने । त्यसपछि त्यो लेपलाई कपासले विस्तारै कोठीमा लगाउने । यसलाई पनि आधा घण्टामा पखाल्ने । र केही दिन निरन्तर यो काम गरिरहने ।

खाने सोडा

खाने सोडालाई पानीमा मिलाएर पेष्ट बनाउन सकिन्छ । यो पेष्टलाई कोठीमा लगाउने । त्यसपछि एक आधा घण्टा यत्तिकै छाड्ने । र पछि तातो पानीले पखाल्ने । एक हप्ता यस्तो गरेपनि कोठी हट्छ ।

लसुनको पेष्ट


लसुन पिँधेर पोष्ट तयार गर्न सकिन्छ । त्यो पेष्टलाई कोठीमा लगाएर रातभर सुत्ने विहान उठेर पखाल्ने । यसबाट पनि कोठी हट्छ ।

प्याजको पेष्ट

प्याज थिँचेर पनि पेष्ट बनाउन सकिन्छ । यसमा थोरै नुन मिसाने । कोठी भएको ठाउँमा लगाउने । एक दुई घण्टामा पखाल्ने । केही दिन यस्तो गरिरह्यो भने कोठी हट्छ ।
सन्दर्भ तस्वीरनेपाली चलचित्रबाट

salt training

कमेन्ट गर्नुहोस्