१८ असार २०८३, बिहीबार

आगलागीका कारण तीन लाख पचास हजार बराबरको क्षती

आगलागीका कारण तीन लाख पचास हजार बराबरको क्षती

पर्सा–पोखरीया नगरपालिकाको शिवबर्मामा विहिवार भएको आगलागीका कारण तीन लाख पचास हजार रुपैयाँ बराबरको क्षती भएको छ । विहिवार शिवबर्मा बस्ने रामपृत कुर्मीको खरले छाएको फुसको गोठमा लामखुट्टे धपाउन घुर बालि सुतेकोमा अचानक आगलागी भएको थियो । 

सो आगलागीमा परि गोठमा रहेको भैंसीको २ वटा पाडी, १ वटा पाडो, १ वटा भैंसी,  २ वटा खसी र २ वटा बाख्राको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ  ।

आगलागीका कारण १ वटा भैंसी जलेर घाइते भएको छ भने गोठ पूर्ण रुपमा नष्ट भइको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्