१८ असार २०८३, बिहीबार

भारतको मध्य प्रदेशमा गणपति विसर्जनका क्रममा डुंगा दुर्घटना, ११ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा गणपति विसर्जनका क्रममा डुंगा दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौं – भारतको मध्य प्रदेशस्थित भोपालमा एउटा सानो तलाउमा शुक्रवार बिहान गणेश विसर्जन चलिरहँदा दुई डुंगा पल्टिएर ११ जनाको मृत्यु भएको छ । 

प्रत्यक्षदर्शीहरूका अनुसार, दुवै डुंगामा २० देखि २५ मानिस थिए । 

डुंगा सञ्चालन गर्ने दुईजनामाथि मुद्दा दर्ता गरिएको छ । 

मृतक पिपलानीको १०० क्वार्टरमा बस्थे । उद्धारका लागि एसडीआरएफको टोली, गोताखोरहरू र प्रहरीको टोली उपस्थित छ । 

सरकारले घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । पीडित परिवारलाई ४–४ लाख रुपैयाँ क्षतिपूर्ति दिइनेछ ।

प्रशासनले डुंगामा कतिजना सवार थिए भन्ने विषयको जानकारी छैन । परिवारलाई आफ्नो प्रियजनको जानकारी दिन प्रशासनले भनेको छ । प्रहरीले बस्तीमा गएर विसर्जनमा को को गएको हो भनी सोधपुछ गरिरहेको छ ।

प्रत्यक्षदर्शीहरूका अनुसार, दुईवटा डुंगा एकअर्कामा बाँधिएका थिए र तिनमा २५ जना जति चढेका थिए । सबैको उमेर लगभग २७–२८ थियो । कसैले पनि लाइफ ज्याकेट लगाएको थिएन । 

प्रतिमा विसर्जन गर्दा एउटा डुंगा पल्टिएपछि मानिसहरू अर्कोमा हाम्फाले । अनि सन्तुलन बिग्रेर अर्को डुंगा पनि डुब्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्