
काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले बाँकेमा बिहीवार कांग्रेसको कार्यक्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँके सीतापुरस्थित रेडक्रस सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा युवाहरूको समूहले आक्रमण पुगेको थियो ।
मञ्चमै पुगेर गरिएको आक्रमणबाट कांग्रेस बाँकेका सभापति किरण कोइरालाको देब्रे हात भाँचिएको छ ।
शुक्रवार राज्य व्यवस्था समितिको बैठकमा कांग्रेस सांसदले कुरा उठाएपछि गृहमन्त्री थापाले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको बताए ।
दोषीमाथि कारवाही हुने उनको भनाइ छ ।